२०८२ माघ १ गते बिहिवार

जीबीएस रोगी छोरालाई बचाउन सहयोगको अपिल

तुलसीपुर,साउन १ । जीबीएस रोगी छोरालाई बचाउन बुबा एकराज थापाले अपिल गरेका छन । बिरलै व्यक्तीहरुमा देखिने जीबीएस नामक यो रोग सल्यानका ११ वर्षीय रुपक थापालाई लागेको छ ।

सल्यानको छत्रेश्वरी गाँउपालिका वडा नं. १ दमारचौर निवासी थापाको अहिले तुलसीपुरमा रहेको आरोग्य नेचर केयर अस्पतालमा थेरापी विधिबाट उपचार भैरहेको छ ।

रुपकलाई २०७९ साल पुस महिनामा सामान्य ज्वरो र झाडापखाला लागेपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो । त्यहाँ रोग निको नभएपछि उनलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल,बाँकेको नेपालगञ्ज हुदैं काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचारका लागि लगिएको थियो । तर आर्थिक अभावका कारण पुनः फर्काएर तुलसीपुरमा ल्याइएको बुबा एकराजले बताए ।

उनका अनुसार छोरा रुपकका दुवै हात खुट्टा बांगो भएका छन,मुख बांगिएको छ,बोल्न सक्दैन्,हिडडुल गर्न पनि सक्दैनन् ।

‘पहिले भन्दा केही मात्रामा सुधार भएको छ,तर आर्थिक अभावका कारण काठमाडौँमा बसालेर उपचार गराउन सकिए,त्यसैले अहिले फेरी तुलसीपुरमा ल्याएर उपचार सुरु गरेका छौं,’उनले भने ।’

यो रोग लागेका व्यक्तीहरु निको हुन लामो समय लाग्ने र खर्च पनि धेरै लाग्ने डाक्टरले बताएको एकराजको भनाई छ । उनका अनुसार छोराको उपचारका लागि अहिलेसम्म ३० लाख बढी खर्च भैसकेको छ । छोराको उपचारका लागि विभिन्न पालिकाहरुमा सहयोगका लागि अपिल गर्दा पालिकाहरुले पनि वेवास्ता गरेको एकराजको गुनासो छ ।

उनले मृत्युसगं लडिरहेको छोरालाई बचाउन सबैसगं सहयोगको याचना गरेका छन । ‘अहिले तुलसीपुरमा उपचार सुरु गरेका छौँ,यहाँ पनि घण्टाको २ हजारको दरले दिनमै १० हजार बढी खर्च हुन्छ,’उनले भने ,’हामीलाई खर्च पु¥याउन धेरे नै समस्या भएको छ ।’

उनले सहयोग गर्न चाहाने सहयोगी व्यक्तीहरुले मो.नम्बर ९७६८२५६९१६ र मुक्तिनाथ बैकको खाता नं.०४२२२३०११०९८३३०००००१ मा रकम जम्मा गरिदिन आग्रह गर्दै सहयोग मागेका छन् ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *