२०८२ माघ १० गते शनिवार

घोराहीमा साथी भाइ कल्याण समुह गठन

घोराही, साउन १ । घोराहीमा भएको निजी सवारी साधनका धनीहरुको भेलाले साथी भाइ कल्याण समुह गठन गरेको छ ।

भेलाले गुरुप्रसाद आचार्यको अध्यक्षमा समिती गठन गरेको हो । समुहको उपाध्यक्षमा गोविन्द्र गोराथोरी, सचिवमा श्रीधर भुसाल, कोषाध्यक्षमा दिनेश चौधरी रहेका छन् ।

समुहका सदस्यमा पुकार डि सी, सुमन अधिकारी, कपिल सुवेदी, तेजजङ थापा, माधव खनाल, भिमबहादुर वस्नेत, शक्ति चौधरी रहेका छन् । समुहका सल्लाहाकारमा वशन्तकुमार खनाल, मानवहादुर खड्का, ऋषिकेश पोख्रेल रहेका छन् ।

समुहले निजी गाडी धनीहरुलाई आइ पर्ने समस्याको समाधान तथा अन्य समस्यामा परेका व्यक्तिहरुलाइ समेत सहयोग गर्ने उदेश्यका साथ समुह गठन गरिएको बताइएको छ ।

त्यसै गरेर विभिन्न सामाजिक कार्यहरुमा समेत काम गर्ने समुहले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *