२०८२ माघ १० गते शनिवार

हरियाली र सौन्दर्यकरणका लागि तुलसीपुर बजारका विभिन्न स्थानमा बृक्षारोपण (तस्विरहरु)

तुलसीपुर,साउन १ । बजारको सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि तुलसीपुर बजारमा विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको छ ।

सोमवार तुससीपुर उद्योग वाणिज्य सघंको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका,तुलसीपुर वडा नं. ५ र ग्रिन फाउन्डेशन नेपाल तुलसीपुरको समन्वयमा तुलसीपुर बजारका विभिन्न स्थानहरुमा बिरुवाहरु रोपिएको हो । त्यस अवसरमा ३ सय ५० बढी रुख धुपी, छतिवन, कपुर, फनेक्स पाम, गुलमोहर, निम, फल्ची लगाएतका फुल्ने विरुवाहरु रोपिएको हो ।

तुलसीपुर बजारलाई सुन्दर र हरियाली शहर बनाउन बृक्षारोपण कार्यक्रमलाई साउन महिना भरि नै अभियानको रुपमा सञ्चालन गर्ने उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

‘आज पहिलो दिन उपमहानगरपालिका र विभिन्न सघंसस्थाको सहकार्यमा ३ सय ५० बिरुवा रोपिएको छ,‘अध्यक्ष चालिसेले भने,‘हामीले यो अभियानलाई महिना भरि सञ्चालन गरि ७ सय ५० बिरुवा रोप्ने योजना बनाएका छौँ । ’

उनले तुलसीपुर उपमहानगपालिका वडा नं. ५ र ६ नं. वडाका टोलविकास संस्थाहरुलाई वितरण गर्ने पनि कार्यक्रम रहेको बताए ।

सघंको अगुवाईमा सुरु गरिएको बृक्षारोपण कार्यक्रममा ग्रिन फाउन्डेशन तुलसीपुरले विभिन्न प्रजातिका बिरुवाहरु उपलब्ध गराएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुर बजार क्षेत्रलाई सुन्दर वनाउनु सबैको दायित्व भएको बताए ।

उनले हरेक नगरवासीहरु स्मार्ट र स्वस्थ बन्नका लागि हरियालीलाई व्यवस्थित गर्नुपर्ने बताए ।

उनले बजारभित्र रोपिएका बिरुवाहरु सबै घरधनीहरुले आफ्नै सम्झेर संरक्षण र हेरचाह गर्न सकेमा तुलसीपुरलाई थप सुन्दर र हरियाली देखिने समेत बताए ।

बृक्षारोपण कार्यक्रममा पारिवारिक निजिबन,रोटरी क्लव अफ तुलसीपुर सिटी,लायन्स क्लव अफ दाङ,तुलसीपुर नगर जेसिज,लियो क्लव अफ तुलसीपुर,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नागरिक समाज,शिक्षक,अधिकारकर्मी,उद्योगी व्यवसायी,पत्रकार,शान्ति समाज लगाएत विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *