२०८२ माघ १० गते शनिवार

प्रेस युनियन सल्यानको अध्यक्षमा लोकेन्द्र चन्द निर्वाचित

सल्यान,साउन १ । नेपाल प्रेस युनियन सल्यानको अध्यक्षमा लोकेन्द्र चन्द निर्वाचित भएका छन ।


सल्यान खलंगामा भएको युनियनको सातौ अधिवेशनबाट लोकेन्द्र चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सल्यानको उपाध्यक्षमा मोहन शर्मा, समावेशी उपाध्यक्षमा सृजना बस्नेत,सचिवमा ग्रेट गिरी, सह –सचिवमा फलेन्द्र पुरी चयन निर्वाचित भएका छन ।

यस्तै खुल्ला सदस्यमा रुपलाल चलाउने, सुशील शर्मा, मोहन वली, जनजाति सदस्यमा प्रदिप घर्ती मगर, महिला सदस्यमा ओमसरा घर्ती मगर निर्वाचित भएका छन ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *