तुलसीपुर, साउन १ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको कार्यसमितिको जिम्मेवारी दिएको छ ।
आइतवार नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीले संघको उप–सभापतिमा रेशमबहादुर खड्का, सचिवमा घनश्याम सुवेदी, कोषाध्यक्षमा श्यामप्रसाद आचार्य र सह–सचिवमा चिरञ्जीवि रिजाललाई मनोनित गरेका हुन् ।
नेपाल नेत्रज्योति संघको विधान अनुसार जिल्ला कार्यसमितिको निर्वाचन पश्चात सभापतिले निर्वाचित सदस्यहरु मध्यबाट पदाधिकारीको पदभार निर्धारण गर्नुपर्ने व्यवस्था भए अनुसार उप–सभापति, सचिव, कोषाध्यक्ष र सह–सचिव पदमा सभापति कृष्णकुमार गिरीले उनीहरुलाई कार्यसमितिमा मनोनित गरेका हुन् ।
यहि बैशाख २२ र २३ गते भएको अधिवेसनले गिरीको सभापतित्वमा १२ जना सदस्यहरु सर्वसमितिबाट चयन गरेको थियो ।
नेत्रज्योति संघको विधान अनुसार सह–कोषाध्यक्ष र अन्य सदस्यहरु भने मनोनित हुन बाँकी छ ।