
प्रदेश नं. २ को महिला फूटवल खलाडी
लिलाधर वली,
दाङ,५ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीस्थित भरतपुर मैदानमा भएको बिहीवारको खेलमा ५ नं. प्रदेशलाई २ नं. प्रदेशले १ का विरुद्ध ३ गोल गर्न सफल भएको छ ।
यो संगै प्रदेश नं. २ को महिला फूटवलमा दोश्रो जित हो । दाङको घोराहीमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फूटवल प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो ।
दाङको घोराहीको भरतपुर खेलकुद मैदानमा विहीवार विहान भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि ३ जना खेलाडीले समान १–१ गोल गरेका थिए । प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले १ गोल, जर्सी नं. ५ कि सजनी ठोकरले १ गोल र जर्सी नं. ७ कि दिलकुमारी रानाले १ गोल गरेकी थिइन ।
प्रदेश नं. ५ कातर्फवाट जर्सी नं. १० की खेलाडी ममता पुनले मात्रै १ गोल गरिन । विहीवारको दोश्रो खेल प्रदेश नं. ३ र सुदुरपश्चिम प्रदेशका बीच दिउँसो ३ बजे बेलुझुण्डी रंगशालामा हुने जानकारी दिइएको छ ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागिय टोली समेत गरि दश वटा समुह फूटवलको उपाधिका लागि प्रतिपर्धामा उत्रिएका छन् । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भइरहेका छन ।
दाङमा प्रदेश नं. २, प्रदेश नं. ३, प्रदेश नं. ५, नेपाल प्रहरीको महिला फूटवल टिम, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका महिला फूटवल टिमहरुको बीचमा खेलहरु हुने जानकारी दिइएको छ ।