२०८२ माघ १० गते शनिवार

दाङमा ३५ प्रतिशत मात्रै धान रोपाई

तुलसीपुर,असार ३१ । दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो ।

अहिले जिल्लामा असारको अन्तिमसम्म पनि ३५ प्रतिशत मात्रै धान रोपाई भएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामीछानेले बताए ।

उनका अनुसार जुन गतवर्षको तुलनामा १० प्रतिशत कम हो । गतवर्ष असारको अन्तिमसम्म जिल्लामा ४५ प्रतिशत सकिएको थियो ।

असारको अन्तिमसम्म पनि दाङमा ६५ प्रतिशत खेत बाँझै रहेका छन् । दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

तिमध्ये असारको अन्तिमसम्म १३ हजार ७ सय ९० हेक्टर क्षेत्रफमा मात्रै रोपाई भएको छ ।

उनका अनुसार देउखुरी उपत्यकामा भन्दा दाङ उपत्यकामा कम धान रोपाई भएको छ । जिल्लामा १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिंचाई हुने गरेको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *