तुलसीपुर,असार ३१ । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ । जसबाट २५ जनाले ज्यान गुमाएका छन ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइ उच्च छ ।
पहाडी तीन जिल्लागुल्मी,अर्घाखाँची,रुकुम पूर्व जिल्लामा भने यो आर्थिक वर्षदेखि अहिलेसम्म सर्पले टोकाइका बिरामी अस्पताल नआएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
त्यस्तै पाल्पामा ३३ जना,रोल्पामा ७ जना,प्युठानमा १ जनालाई सर्पले टोकेकोमा उपचार पछि निको भएका छन् । पश्चिम नवलपरासीमा तीन जनालाई टोकेकोमा एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला रुपन्देही हो । जहाँ ११३ जनालाई सर्पको टोकेकोमा ११ जनाको मृत्यु भएको छ ।
यस्तै, कपिलवस्तुमा १५जनालाई टोकेकोमा ३ जनाको मृत्यु भएको जनाइएको छ । दाङमा ४२ जनालाई टोक्दा १ जनाको मृत्यु भएको छ भने बाँकेमा ९८ जनालाई टोक्दा ८ जनाको मृत्यु भएको छ ।
बर्दियामा ८जनालाई टोक्दा १ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालये जनाएको छ ।