२०८२ माघ १० गते शनिवार

स्वदेशमै बसेर केही गर्न चाहाने युवालाई सबैले सम्मान गरौं – सुरेश हमाल

तुलसीपुर, असार ३० । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले स्वदेशमै बसेर केही गर्न चाहाने युवालाई राज्यदेखि समाज सबैले उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

तुलसीपुर – ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा आयोजित बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर सभापति हमालले त्यस्तो बताएका हुन ।

‘ यतिखेर नेपालका युवा अमेरिका, अष्ट्रेलिया,क्यानाडा, जापान लगाएका देशहरुमा जान लालायित देखिन्छन्,’ उनले भनेका थिए ‘ तर, तपाँइहरु पैंशा मात्रै नहेरी यही देशको रक्षार्थ मेहनत गरि नेपाली सेना बन्न सफल हुनु भएकोमा मलाई गर्ब लागेको छ र तपाँइहरु जस्ता स्वदेशमै केही गर्न चाहाने हरेक युवालाई सबैले सम्मान गर्न जरुरी छ ।’

सभापति हमालले आफ्नो र गुरुको मेहनतलाई आत्मसाथ गर्दै शिक्षालाई समेत महत्व दिएर भविश्यमा सेनाको अनुसाशनमा रही देश र जनताको सेवामा सर्मित हुन आग्रह गरेका थिए ।


फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रमेश मल्ल, नेकपा एमाले तुलसीपुर नगरक कमिटी सचिव रुपबहादुर खत्री, भलिवल प्रशिक्षक द्रोर्ण चन्द, शिक्षक नारायण भट्टराइ, लगाएतले नेपाली सेनामा नाम निकाल्न सफल भएकाहरुलाई शुभकामना दिदै भविश्यमा थप सफलताको लागि निरन्तर प्रयासरत रहन आग्रह गरेका थिए ।

चिन्तामणि भट्टराइको कार्यक्रम स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण एचआर मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *