तुलसीपुर, असार ३० । तुलसीपुरबाट शनिबार बिहान सुरु भएको कोरा साइकल च्यालेञ्ज ६० जनाले पुरा गरेका छन् ।
तुलसीपुर साइकल क्लवको आयोजनामा शनिबार बिहान करिब नौं बजेतिर तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिर परिशरबाट कोरा प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा तुलसीपुर र घोराहीका साइकिलिष्टहरु सहभागी भइ ४० किलोमिटर यात्रा पुरा गरेको क्लबका अध्यक्ष खुमबहादुर न्यौंपाने (केबी) ले जानकारी दिए ।
तुलसीपुर पश्चिम श्रीगाउँ हुँदै गएका साइकल चालकहरुले रगैंचा बाट उत्तर तर्फको बाटो भइ जुम्लेकुला हुँदै फर्किएका थिए ।
कोरा प्रतियोगिताका संयोजक बिमल पौडेलले साइकल चलाउँदा शरिरलाई हुने फाइदा र पर्दुशनरहित वातावरण निर्माणको सन्देश प्रभाव गर्ने उदेश्यका साथ प्रतियोगिता गरिएको बताए ।
तुलसीपुरका साइकिलिष्ट रश्मि अधिकारीले नियमित साइकल चलाउँदा स्वास्थ्यका दृष्टिकोणले अति राम्रो हुनुका साथै आन्तरिक पर्यटन पर्बद्धनमा पनि टेवा पुग्ने बताए ।
प्रतियोगिता सुरु हुनु पूर्व तुलसीपुरमा उपमेयर श्यानी चौधरी, अध्यक्ष न्यौंपाने, संयोजक पौडेल, क्लबका सचिव रञ्जन कोइराला लगाएतले साइकल चलाउनुका फाइदा बारे धारणाहरु राखेका थिए । हरेक बर्ष जुलाइ १५ का दिन कोरा साइकल च्यालेञ्ज प्रतियोगिता हुँदै आएको छ ।
यस्ता साइकल यात्रुहरुले बिभिन्न ठाउँका ऐतिहासिक र पर्यटकिय स्थलहरुको पर्बद्धनमा जोड दिदै आएका छन् । पछिल्लो समय नियमित खेल तथा शारिरीक ब्यायमका रुपमा सहर बजारका युवाहरु साइकिलिङ प्रति आकर्षित हुँदै आएका छन् ।

