घोराही,असार ३० । दाङको बंगलाचुली गाउँपािलकामा जंगली च्याउ खादा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपािलका वडा नम्बर १ स्यूजा निवासी आमा छोरा रहेका छन ।
शुक्रवार बिहानको खानामा जंगली च्याउको तरकारी खाँदा ३८ वर्षीय आमा यमा कुमारी कवर वली र १२ वर्षीय छोरा एकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले जानकारी दिए ।
बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पताल ल्याइएपनि थप जोखिम हुने भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ ।
दुई जनाले शुक्रबार विहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।
प्रकाशित मिति : २०८० असार ३० गते शनिवार