२०८२ माघ ३ गते शनिवार

पानीमा डुबेर एक बालिकाको मृत्यु

रोल्पा,असार ३०। रोल्पामा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ छेपका रवि घर्तीको १२ बर्षिय छोरी निशाको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो ।

विद्यालयबाट घर फ्रकिर्ने क्रममा त्रिवेणी गाउँपालिकाको चविखोलामा एक्लै पौडि खेल्ने क्रममा मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

बालिका पानीमा डुबेको खबर बेलुका ६ बजे पाएपछी प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरिक्षक कमलबहादुर थापाको कमाण्डमा खटिएको टोलीले पानिबाट निकालेको थियो ।

मृतक निशाको आमा बुवा उपचारको लागि भारत गएको र घरमा मृतक निशा घर्ती र १४ बर्षिय दाई झकास घर्ती मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *