२०८२ माघ ४ गते आइतवार

तुलसीपुरबाट सुरु हुने कोरा साइकल च्यालेञ्जमा ६० जना सहभागी हुने

तुलसीपुर, असार २९ । तुलसीपुरबाट शनिबार बिहान सुरु हुन लागेको कोरा साइकल च्यालेञ्जमा ६० जना साइकिलिष्टहरुले भाग लिने भएका छन् ।

तुलसीपुर साइकल क्लवको आयोजनामा शनिबार बिहान ७ बजेदेखि तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिर परिशरबाट कोरा प्रतियोगिता सुरु हुने छ ।

प्रतियोगितामा तुलसीपुर र घोराहीका साइकिलिष्टहरु सहभागी हुने क्लबका अध्यक्ष खुमबहादुर न्यौंपाने (केबी) ले फरककोणलाई बताए ।

त्रिशिद्धेश्वरी मन्दिर परिशरबाट सुरु भएको प्रतियोगिता तुलसीपुर पश्चिम श्रीगाउँ हुँदै जाने छ भने फर्किने क्रममा रगैंचा बाट उत्तर तर्फको बाटो पुगी जुम्लेकुला हुँदै फर्किने कोरा प्रतियोगिताका संयोजक बिमल पौडेलले बताए ।

झन्डै ४० किलोमिटर यात्रा गर्दै साइकिलिष्टहरुले साइकल चलाउँदा शरिरलाई हुने फाइदा र पर्दुशनरहित वातावरण निर्माणको सन्देश प्रभाव गर्ने उदेश्य राखिएको तुलसीपुरका साइकिलिष्ट रश्मि अधिकारीले बताए । नियमित साइकिलिङ स्वास्थ्यका दृष्टिकोणले राम्रो छ भने यसले आन्तरिक पर्यटन पर्बद्धनमा पनि टेवा पुग्ने गर्छ ।

बिभिन्न ठाउँका ऐतिहासिक र पर्यटकिय स्थलहरुको पर्बद्धनमा साइकिलिष्टहरुले जोड दिदै आएका छन् । पछिल्लो समय नियमित खेल तथा शारिरीक ब्यायमका रुपमा सहर बजारका युवाहरुको साइकिलिङ प्रति आकर्षण बढ्दो छ ।

हरेक बर्ष जुलाइ १५ का दिन कोरा साइकल च्यालेञ्ज प्रतियोगिता बिश्व भर हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *