२०८३ असार ३० गते मङ्गलवार

‘भानुचोक’मा भानुभक्तको सम्झना

घोराही, असार २९ । दाङको घोराहीस्थित भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ ।

२१० औं भानु जयन्तीका अवसरमा शुक्रबार घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आदिकवि आचार्यको सम्झना गर्दै साहित्यकार, शिक्षकलगायतका स्थानीयले स्थानीय सरकारसँग भानुभक्त आचार्यको नाममा चोकलाई नामकरणसँगै सालिक राख्न माग गरेका हुन् ।

चोकमा जम्मा भएका साहित्यकारले भानुभक्तको सम्झनामा विभिन्न रचना वाचन गरेका थिए । रचना वाचन गर्दै साहित्यकार तथा प्राध्यापक किशोरचन्द्र गौतमले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने,‘‘भाषाका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्न भूमिका खेल्ने राष्ट्रिय विभूतिको सम्मान गर्न आवश्यक छ ।’’

कार्यक्रममा साहित्यकार, शिक्षक, बुद्धिजीवीलगायतले नेपाली भाषामा रामायण पढ्ने अवसर दिने, नेपाली समाजलाई भाषिक स्वाभिमान दिने, भाषिक एकताको बलियो राष्ट्रिय डोरी उपलब्ध गराउने आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गरेका थिए।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *