२०८२ माघ १० गते शनिवार

एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

तुलसीपुर, असार २९ । एन प्याव्सन दाङले एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने तथा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्र छात्राहरु लाई सम्मान गरेको छ । एन प्याव्सन दाङले शुक्रवार तुलसीपुरमा एक कार्यक्रमका बिच उक्त उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।


एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्योति मावि तुलसीपुरकी जेनिसा सुवेदी र छात्र तर्फ ३.९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी विजौरिका सागर वस्नेत लाई सम्मान गरिएको थियो ।


यसैगरि उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम वनाउन सफल ज्ञान ज्योति मावि र अमृत एकेडेमीलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि सोहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र÷छात्रहरुलाई समेत सम्मान गरिएको थियो । एन प्यााव्सन दाङले गत चैतमा लिएको परिक्षामा सवै भन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका हुन ।


सो अवसरमा छात्र तर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे ,द्धतिय ज्ञानज्योति मावि तुलसीपुरका दिपेन्द्र डिसी ,तृतिय लोकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत ,चौथो पि एण्ड के पाठशालाका हिमाल आचार्य र पाचौं हुनसफल पुरन्धारा एभरेष्ट एकेडेमिका रोशन केसि तथा अमृत एकेडेमिका सागर वस्नेत लाई सम्मान गरिएको थियो ।


त्यसैगरि छात्रा तर्फ राप्ति वाल एकेडेमिकी निरुता सुनार र ज्ञान ज्योति माविकि जेनिसा सुवेदी प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इङ्लिस वोडिङ स्कुल हापुरेकी वालिका वलि द्धितिय , मिडवेष्ट प्वाईन्ट एकेडेमिकी अनिमा वुढाथोकि तृतिय , जनप्रिय ई. वो. स्कुलकि रोजिना चौधरि चौथो र पि एण्ड के पाठशालाकि दिपा भण्डारि पाचौं हुन सफल भएका थिए ।

उनीहरुलाई समेत सम्मान गरिएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि डाँगीले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै आगामि दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभ कामना दिए ।


सो अवसरमा एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल , जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे ,तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की , ज्ञान ज्योति माविका भाईस प्रिन्सिपल मनोज केसी , रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्य वाट शुुरु भएको कार्यक्रमको सहजिकरण ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *