२०८२ माघ ३ गते शनिवार

जंगली च्याउ खांदा एकको मृत्यु, तीनजना विरामी


रोल्पा,असार २९ । जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङका ६ वर्षीय बालक प्रेम गुरुङको मृत्यु भएको वडाध्यक्ष रिखबहादुर रोकाले जनाएका छन्।

असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ वर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र वर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेका थिए। ​

गम्भीर बिरामी परेका उनीहरुमध्य प्रेमको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिरामी परेका दुईको अवस्था चिन्ताजनक रहेको छ। भिमाका श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा रहेको र आएपछि मृतक प्रेमको दाहसंस्कार गरिने वडाध्यक्ष रोकाको भनाइ छ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *