२०८२ माघ ८ गते बिहिवार

माओवादी केन्द्र लुम्बिनीद्वारा दाहालप्रति श्रद्धाञ्जली ब्यक्त


दाङ,असार २९ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति नेकपा माओवादी केन्द्र लुम्बिनीले दुःख ब्यक्त गरेको छ ।

प्रदेशको राजधानी दाङको भालुवाङमा कार्यक्रम गरि दाहालको निधनले पार्टीलाई क्षति पुर्‍याएको बताएका थिए । सोही अबसरमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले
दाहाल पार्टीको केन्द्रीय सल्लाहकार पनि भएकोले पाटीलाई अपूरणीय क्षति पुगेको बताए ।

“माओवादीको लिडरसीप प्रचण्ड भए पनि उहाँ लगायत उहाँको वरपर रहेका अन्यलाई सम्झाई बुझाई गर्ने गरेर प्रचण्डलाई सफल बनाउनको लागि सिता दाहालको अहम भूमिका थियो”उनले भने“ एउटा सफल पुरुषको पछाडी श्रीमतीको हात हुन्छ भने भनाई छ, हुन त यो पुरुषवादी सोच हो तर एउटा सफल नेतृत्व बन्नको लागि त्यो महिला पनि हुन सक्छ,पुरुष पनि हुन सक्छ तर उसलाई सफल बनाउन पारिवारिक, शैद्धान्तिक, व्यवहारिक संगठनात्मक रुपमा साथ चाहिन्छ ।”

पार्टीको मूल नेतृत्वले परिवार गुमाउनु परेको बताउँदै प्रचण्ड कुनै व्यक्ति नभएर एउटा आन्दोलन भएको मास्कीले बताए ।“नेपाली समाजमा जाँदा उहाँ एउटा यौद्धा हो विभिन्न पारिवारिक कठिनाई संगै छोरा छोरी र सहयात्री गुमाउनुको पीडा कल्पना गर्न सकिदैन”,उनले भने “तर प्रचण्डले त्यो सबै सहेर देश र जनताको भलोको लागि लागि रहनु भएको छ ।”

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *