२०८२ माघ ३ गते शनिवार

आज २१०‍ औँ भानु जयन्ती मनाइँदै


काठमाडौँ ,असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।

२०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते (आजकै दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो।

तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *