२०८२ माघ १ गते बिहिवार

लुम्बिनी प्रदेशमा ३० अर्ब ५७ करोड बजेट खर्च

दाङ,असार २८। प्रदेश सरकारले यस आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड बजेटमध्ये जम्मा ३० अर्ब ५७ करोड बजेट खर्च गरेको छ ।

चालुमा १८ अर्ब १५ करोडमध्ये १२ अर्ब ८२ करोड बजेट खर्च गरेको छ । पुँजीगततर्फ भने २४ अर्ब ४७ करोडमध्ये १७ अर्ब ७४ करोड खर्च गरेको छ ।

यसअनुसार चालु बजेटमा ७०.६५ प्रतिशत र पुँजीगत बजेट ७२.४८ प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेशको जम्मा खर्च ७१.७० प्रतिशत भएको छ । यो बजेट खर्च गत वर्ष भन्दा ५६ दशमलवमा मात्र वृद्धि भएको देखिन्छ ।

गत वर्ष ४२ अर्बमध्ये ३० अर्ब ५४ करोड खर्च हुँदा ७१.१४ प्रतिशत देखिएको थियो ।अहिले ७१ दशमलव ७० प्रतिशत खर्च देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले भने, ‘गत वर्षको बजेट र अहिलेको बजेट उस्तै र खर्च पनि उस्तै हुँदा जम्मा ५६ दशमलवले मात्र वृद्धि भएको देखिन्छ ।’

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *