२०८२ माघ ३ गते शनिवार

वेबसाइट वान एक्स बेटको प्रचार गरेको अभियोगमा समातिएका कलाकारहरु धरौटीमा रिहा

काठमाडौँ,असार २७ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका बल्छी धुर्वे, राजु मास्टरलगायतका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

बल्छी ध्रुवे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलगायत कलाकारलाई प्रहरीले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।

प्रहरीले सट्टेबाजी गराउने एजेन्ट दिनेश खड्का र अनिता धितालसँग भने १० लाख रुपैयाँ धरौटी मागेको छ। यही प्रकरणका एक अभियुक्त कुशल पोखरेल भने फरार छन्।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *