दाङ, असार २७ । वनसँग सेलिब्रेटी कार्यक्रम आज बुधबार तुलसीपुरको राप्ती शान्ती उद्यानमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा डिभिजन वन कार्यालय दाङको आयोजनामा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारको सहभागितामा कार्यक्रम भएको हो ।
सामुदायीक वनको संरक्षण गरि पर्यावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको हो । त्यस्तै वन तथा वातावरण संरक्षणमा चासो अभिबृद्धि गर्न र प्रचार प्रसार गरि वन कार्यालयले सम्पादन गर्ने कार्यक्रमहरूकाे व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको वास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए। उन अनुसार दाङमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
त्यस्तै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले वन तथा वातावरणको संरक्षण गर्न सबैे उत्तिकै जिम्मार हुनुपर्ने बताए । उनले सामुदायीक वनमध्ये श्रीगणेश सामुदायीक वनमा रहेको राप्ती शान्ती उद्यान पर्यटकियस्थलको रुपमा विकसित हुदै गएकाले सो स्थल छनौट गरिएको बताए । 
कार्यक्रममा गायिका टिका सानु, गायिका सुष्मा ग्रेस लगाएत वन कार्यालयमा कार्यरत कर्मचारी, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थिहरूले समेत आ-आफ्नो कला मार्फत वन वातावरण संरक्षण सम्बन्धि जनचेतनामुलक प्रस्तुती राखेका थिए।
कार्यक्रममा उद्यानको बारेमा व्यवस्थापन समितीका अध्यक्ष डिल्लीराज भण्डारीले अवधारणपत्र प्रस्तुत गरेका थिए
कार्यक्रममा वातावरण संरक्षण सम्बन्धि बिभिन्न जानकारीमुलक प्रस्तुति स.व.अ. एव सूचना अधिकारी खिम बहादुर के.सी.ले गर्नु भएकाे थियाे भने कार्यक्रममा उपस्थित सेलिव्रेटी र आमन्त्रित अतिथि ज्युहरूलाई डिभिजन वन कार्यालयकाे तर्फबाट स.व.अ. भक्त बहादुर चाैधरीले गरेका थिए ।
डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।