२०८२ पुष ३० गते बुधवार

रुन्टीगढी गाउँपालिका ४ का वडाध्यक्ष पुनको उपचारका क्रममा मृत्यु


दाङ,असार २७ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ ।

बुधबार दिउँसो १२ बजे मृत्यु भएका पुनलाई रोल्पाबाट उपचारका लागि अघिल्लो दिन दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।

स्क्रब टाइफस कारण बिरामी भएका पुनको बुधबार मध्यान्ह दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिएका छन् ।

दुई दिनअघि उनी आफै मोटरसाइकल चलाएर अस्पताल गएका पुनको आज १२ बजे मृत्यु भएको पालिका उपाध्यक्ष सरिता केसीले बताइन् ।

सोमबार आफैं मोटरसाइकल चलाएर अस्पताल गएका पुनलाई सोही दिन अस्पतालले सामान्य चेकजाँच गरी घर फर्काएको र मंगलबार बढी भएपछि पुनः भर्ना भएको अवस्था हो, अस्पतालले किन यस्तो गर्यो भन्ने विषय टुंगो लागेपछि बल्ल शव उठाउने कुरा छ’ उपाध्यक्ष केसीले भनिन् ।

३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *