तुलसीपुर, असार २७ । सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् ।
जिल्लाको गढवा गाउँपालिका – ७ मानपुरका ३५ बर्षीय टिकाराम चौधरी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालतले २०७९ साल बैशाख ६ गते २ बर्ष ११ महिना कैद सजाय र ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसयता फरार रहँदै आएका चौधरीलाई असार २२ गते लुकिछिपी बसेको अवस्थामा फेला पारि अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधवार