लक्ष्मण बस्नेत,
दाङ, बैशाख ४ । दाङको बेलझुण्डीमा विहिबार देखी आठौ राष्ट्रिय खेलकुद अन्तगरत एथ्लेटिक्स प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिताको औपचारीक उद्घाटन विहान ७ बजे पछी हुनेछ । विहिबार १०० मिटर महिला÷ पुरुष हिट, ४×१०० मिटर रिले हिट,एक हजार मिटर महिला÷पुरुष फाइनल र सटफुट हुनेछ ।
बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा महिला ÷पुरुष को समान १८ इभेन्ट्स १००, २००, ४००, ८००, १५००, ५००००, १०००० मिटर छोटो तथा लामो दुरीका दौड, म्याराथन ४२.१९५ किलोमिटर, ४×१००,४×४०० रिले, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो, १०० मिटर हडल्स् महिला÷पुरुष, ४०० मिटर हडल्स्मा विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, शसस्त्र प्रहरीको एपीएफ र सात प्रदेश तथा एन. आर. एन.टिम विच कडा प्रतिस्पर्धा हुने मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक चन्द्र बहादुर गुरुङले जानकारी दिए ।
यसैविच प्रतियोगिताको अन्तिम तयारी स्वरुप बेलझुण्डी रंगशालाको ट्रयाक एण्ड फिल्ड लगाएत अन्य तयारी कार्य पुरा भएको समेत उपनिर्देशक गुरुङले जानकारी दिए ।