दाङ, असार २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा गाउँकी ४० बर्षीया ललिता डाँगीले आइतबार मध्य राति सर्प दंशका कारण मृत्यु भयो ।
पौंने सात बजेतिर आँगनमै बेरेर निर्माण गरिएको अस्थायी प्रकिृतिको टहरामा खाना पकाउँदै गर्दा बेलुका साढे ६ बजेतिर ललितालाई डुमेनी सर्पले खुट्टामा टोकेको थियो ।
मालिकनी ललिता कराए लगतै उनीहरुले पाल्दै आएको कुकुर टम्मीले त्यो गोमन सर्पलाई झम्टिन खोज्दा नजिकै रहेको प्वाँलमा पस्यो ।
त्यसपछि टम्मीले त्यो सर्प पसेको प्वाँल छोड्दै छोडेन । भुकि रह्यो । श्रीमान डम्बर डाँगी लगाएत भेला भएका गाउँलेले कुकुरको बफादारितालाई देखेर सर्प पसेको प्वाँलमा केही खनिदिए ।
ललितालाई टोक्ने सर्प कुन रहेछ भनेर पहिचान गर्नुपनि थियो । टम्मी नामक उक्त कुकुरले त्यसपछि सर्पलाई देख्ना साथ
टोकेर बाहिर निकाल्यो । पाँच मिनेट भित्रै टम्मीले त्यो सर्पलाई मारि छोड्यो । घर मालिक डम्मरका अनुसार त्यसको केही बेरमै कुकुरपनि म¥यो । कुकुरको जिब्रोमा सर्पले टोकेको अनुमान उनले लगाए ।
उनीहरुले ललितालाई तुलसीपुर – १२ जस्पुर पु¥याए । त्यहाँ ललिताको खुट्टा बाट एक जनाले बिष झार्न (चुस्न) थाले । केही बेरको प्रयास पछि उनले सबै बिष झारिदिएको हुँदा खतरा नहरेको दाबी गरेका थिए ।
तर, केही बेरमै फेरि ललितालाई गाह्रो हुन थाल्यो । एम्बुलेन्सबाट ललितालाई बाँके तर्फ लगियो ।बाँकेस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याउँदा राति दश बजेतिर चिकित्सकले ललिताको मृत्यु भइ सकेको घोषणा गरे ।
सोमबार बिहान तीन बजेतिर मात्रै ललिताको शब घरमा ल्याइ पु¥याए । श्रीमति गुमाउनु डम्मर र उन बालबालिकाको लागि ठूलो बर्जपात थियो । आफन्त र गाउँलेहरु पनि यो घटनाका कारण दुःखी छन् । कतिपयले नजिकमा सर्प दंशका बिरामीको उपचारका गर्न उपचार केन्द्र नभएकोमा खिन्नता ब्यक्त गरेका छन् ।
त्यसका साथै एउटा कुकुरले मालिक प्रति देखाएको बफादारिताको पनि चर्चा परिचर्चा कटाँहा लगाएत आसपासका गाउँहरुमा हुन थालेको छ ।