२०७७ मङ्सिर १४ गते आइतवार

बास्केट बलमा पुरुष तर्फ आर्मी र महिलाको उपधी पुसिललाई


दाङ, बैशाख ४ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ सालघारीमा गत चैत्र २८ गते देखि सुरु भएको बास्केटबल प्रतियोगितामा ३ नम्बर प्रदेशलाई ५८–७६ स्कोरले हराउदै त्रिभुवन आर्मी क्लव प्रथम भएको हो । प्रतियोगितामा ३ नम्बर प्रदेश दोस्रो हुन सफल भएको छ ।त्यस्तै गण्डकी प्रदेशलाई ५४–७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव तृतिय भएको छ ।

तर महिला तर्फ प्रदेश ३ लाई २९–५४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव प्रथम भएको छ ।

महिला तर्फ प्रदेश ३ दृतिय हुँदा सुदुरपश्चिम प्रदेशलाई ३९–५१ स्कोरले पछि पार्द त्रिभुवन आर्मी क्लव तृतिय भयो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय खेलाडी गरी १० समुह प्रतिस्पर्धामा उत्रिएका थिए ।

बधुवार बास्केट बल प्रतियोगिताको समापन गरिएको छ । दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य टोपेन्द्र थापाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *