२०८३ जेष्ठ १५ गते शुक्रवार

लुम्बिनी प्रदेशबाट दाङका लागि आएको करिब दुई अर्ब विकास बजेट फ्रिज

तुलसीपुर,असार २६ । लुम्बिनी प्रदेश सरकारबाट दाङका लागि आएको करिब दुई अर्ब रकम फ्रिज भएको छ ।

दाङमा यस वर्ष प्रदेश सरकारले पठाएको पाँच अर्ब ३० करोड ६७ लाख १४ हजार दुई सय पाँच रुपैयाँमध्ये एक अर्ब ७५ करोड ६५ लाख ४३ हजार दुई सय ५६ रुपैयाँ २४ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

जिल्लामा कूल बजेटको ६६ दशमलव ९० प्रतिशत अर्थात तीन खर्ब ५५ करोड एक लाख ७० हजार नौ सय ४८ रुपैयाँ ७६ पैसा खर्च भएको छ ।

प्रदेशतर्फका कार्यालयहरुको अवस्था हेर्दा सिंचाई र पूर्वाधारका क्षेत्रमा विकास खर्च कम छ ।

सबै भन्दा धेरै प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८१ करोड ९२ लाख ५० हजार बजेटमा ७३ करोड ४५ लाख ४५ हजार सात सय ५३ रुपैयाँ ६ पैसा फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सडक पूर्वाधार विकास कार्यालयको एक अर्ब २२ करोड ८० लाख ३२ हजार बजेटमा ४४ करोड ६० लाख ९६ हजार तीन सय ६६ रुपैयाँ खर्च भएन छ ।

त्यस्तै शहरी विकास तथा भवन कार्यालयको ९० करोड ३५ लाख रुपैयाँ बजेटमा ३५ करोड ७४ लाख १५ हजार सात सय ४३ रुपैयाँ फ्रिज भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४६ करोड चार लाख ६३ हजार बजेटमा १० करोड ९० लाख ३७ हजार छ सय ८९ रुपैयाँ फिर्ता गएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको ३९ करोड ११ लाख ९८ हजार रुपैयाँ बजेटमा एक करोड ५३ लाख ३५ हजार सात सय २६ रुपैयाँ खर्च भएन ।

उता १२ करोड २२ लाख बजेट रहेको प्रगन्ना बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयको ५६ लाख १७ हजार पाँच सय २२ रुपैयाँ खर्च भएन ।

त्यस्तै २१ करोड ५२ लाख ६६ हजार बजेट रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको एक करोड ६९ लाख ६९ हजार छ सय ४६ रुपैयाँ सात पैसा खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *