२०८३ असार ३० गते मङ्गलवार

ललितानिवास प्रकरण ः थप दुई जना पक्राउ

पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौँ,असार २६ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा उनीहरू मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

यो सँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ। प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको छ।

प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *