२०८२ जेष्ठ ३० गते शुक्रवार

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ ,असार २६ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

जिल्लाको सुर्केबाट काठमाडौँका लागि मंगलबार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रवक्ता सिटौलाका अनुसार ९-एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०-१५ मिनेटपछि सम्पर्कविहीन भएको हो।

चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *