२०८२ असार ७ गते आइतवार

विद्युत सर्ट हुँदा बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी

तुलसीपुर,असार २६ । दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ।

सोमबार बेलुकी ७:१५ बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनारले जानकारी दिए ।

आगलागीबाट बाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका २ वटा सोफासेट, टेवुल र झ्यालका सिसाहरु जलेर पुर्ण रुपमा क्षेति भएको प्रहरीले बताएको छ।

सुरक्षागार्डले झ्यालबाट आगोको धुवा देखेपछि प्रमुख प्रशासकीय अधिकृतलाई खबर गरे लगत्तै उनले प्रहरीलाई खबर गरेको बताईएको छ ।

आगलागी भएको केही समयमै प्रहरी, स्थानिय र कर्मचारीको सकृयतामा आगो नियन्त्रणमा आएको छ।

समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुदा ठुलो क्षेति हुनवाट बचेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *