तुलसीपुर, असार २५ । तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुन लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर- ५ बसपार्कबाट तुलसीपुर-५ बगरपुरका १९ वर्षिय मन्दिप बिक र १८ वर्षिय अरुण गन्धर्वलाई पक्राउ गरेको हो ।
उनीहरुले तुलसीपुरको बसपार्कस्थित एक घरमा ती बालकलाई शनिबार दिउँसो चार बजेतिर भित्रै थुनेर चक्कुले घाटी रेट्न खोजी कानमा लगाएको तीन आना सुन लुटेर फरार भएका थिए ।
सुन लुटेर फरार भएका दुबैजनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । पिडित पक्षले आजमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : २०८० असार २५ गते सोमवार