दाङ असार, २५ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा सोमबार किसान जागृति महिला सामुदायिक बन क्षेत्र र ढिकपुरड्यामबृहतबृक्षारोपन कार्यक्रम गरिएको छ ।
किसान जागृति महिला सामुदायिक बन घोराहीको समन्वयमा भएको बृहतबृक्षारोपन कार्यक्रमा फलफुल प्रजाति र सौन्दर्यवर्दक प्रजातिका करिव ५०० बिरुवाहरु रोपिएको थियो । बृहत बृक्षारोपन कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रपदा, रोटरी क्लब अफ दाङ, रोट«र्याक क्लबका, किसान जागृति महिला सामुदायिक बनका पदाधिकारी लगाएत स्थानिय ६० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उप महानागर -१७ का अध्यक्ष लौटन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा रोटरी क्लबका पुर्ब अध्यक्ष ओबिन्द्र महारा, तिर्थ सन्तोषी,मानव कल्याणका पुर्ब अध्यक्ष किरण रेग्मी, किसान जागृति महिला सामुदायिक बनका अध्यक्ष शान्तारेग्मी, ड्याम संरक्षण समितिका अध्यक्ष किरण चौधरी, रोटर्याक क्लबका समिर ओली लगायतले मन्तब्य राखेका थिए ।
रोटरी क्लब अफ दाङको अध्यक्ष प्रदीप मज्गैयाँको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सरस्वति सुबेदीले गर्नु भएको रोटरी क्लबका सचिव भारत राज देबकोटाले जानकारी दिएका थिए ।

५ वर्षमा दश हजार बिरुवा रोपिने मजगैयाँ
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा ५ वर्षमा घोराहीमा १० हजार बिरुवा रोपिने रोटरी क्लब अफ दाङको अध्यक्ष एब मानव कल्याणको कार्यकारी निर्देशक प्रदीप मजगैयाँको जानकारी दिनु भयो।लवायु परिवर्तनको नकरात्मक असर नेपाल जस्ता विकासोन्मुख देशमा दिनप्रतिदिन पर्दै गएको छ ।
फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । त्यसैले यस्ता जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बहृत् रूपमा वृक्षारोपणको अभियान थालिएको हो ।
साथै फलफुल प्रजाति र सौन्दर्यवार्दक प्रजातिका बिरुवाहरुले वातावरण संरक्षणकोसाथै आयआर्जनको क्रियाकलापमा समेत सहयोग हुने छ। ‘स्थानीय स्तरमा निर्माण भएका ड्याममा आन्तरिक पर्यटन भित्राउन सौन्दर्य प्रदक बिरुवाहरु समेत रोपिदै जाने र आन्तरिक पर्यटन वृद्धि गर्नस्थानीय सरकार र बिभिन्न सस्थाहरुसिता मिलेर काम गर्ने योजना रहेको छ ।’