काठमाडौँ,असार २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार- २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली समाज, समाजवाद कस्तो हुनेरु नेपाली समाजवादको विशेषता के हुन्रु नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरूलाई कसरी जीवित गराउने र कसरी विकास गर्नेरु भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताए। उनले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताएका हुन्।
नेपाली समाजलाई समाजवादमा पुर्याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने उनले बताए। साथै, उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरू हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सुरु भइसकेको बताए।