२०८२ माघ १० गते शनिवार

आजदेखि साउने सोमबारको व्रत सुरु

काठमाण्डौ,असार २५ । चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ ।

केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ ।

तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताए ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *