२०८२ माघ ३ गते शनिवार

तुलसीपुरमा पहिरोले पुरिँदा एक जनाको मृत्यु

दाङ,असार २५ । दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शनिवार हिजो बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएको पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।

पहिरोमा परि उनको घटनास्थलै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *