दाङ, असार २४ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर चौराहामा निर्मित बस पार्कको उद्घाटन गरेका छन ।
झन्डै २८ करोड लागतमा झन्डै ६ विगाहा जग्गामा निर्मित नयाँ बर्ष गत फागुनमै निर्माण पुरा भएको थियो ।
आइतबार बस पार्कको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुरमा निर्माण गरिएको नयाँ बसपार्कले पश्चिम नेपालमा यातायात ब्यबस्थापन गर्न सहज हुने आशा ब्यक्त गरे ।
अत्याधुनिक बसपार्क निर्माण गरिएको हुँदा त्यही अनुसार त्यसको संरक्षण र रसफाइमा लाग्न उनले आग्रह गरे । ती काममा प्रदेश सरकारपनि आवश्यकता अनुसार जोडिने उनले आश्वासन दिए ।
आफ्ना बाबु बाजेले समेत यही बाटो भएर घोडाहरु मार्फत बिगतमा ननु तेल ओसारेको भन्दै कोहलपुरको बिकासले पश्चिम नेपालको बिकासमा टेवा पुग्ने चौधरीले बताए ।
‘ राम्रो संरचना बनाएर सहर बजार राम्रो बनाउने र धेरै भन्दा धेरै रोजगारी सृजना कसरी गर्ने भन्ने हाम्रो लक्ष्य छ,’ चौधरीले भने ‘ मेरो छेउ र घरको बाटो मात्रै बन्यो कि भनेर लाग्ने हैन अब धेरै साझा ठाउँहरु निर्माण गरि सर्वसाधारणको भविश्य सुन्दर बनाउन तर्फ लाग्नु छ ।’
जब सम्म युवालाई रोजगारीमा आकर्षण गर्न सकिदैन तबसम्म बिदेश पलान हुने क्रम नरोकिनु हुँदा सबैको प्रयासले साझा थलोहरु बिकास गर्न जरुरी रहेको उनले जोड दिएका थिए ।
प्रदेश सरकारले एउटा मात्रै विश्वविद्यालय वनाउन थालेको र त्यो पनि बाँकेमै बनाउन थालेको मुख्यमन्त्री चौधरीले जानकारी दिए । सुदुरपश्चिम र कर्णाली प्रदेशलाई समेत मध्यनजर गर्दै बाँकेमा विश्वविद्यालय स्थापना गर्ने निधो गरिएको उनले बताएका थिए ।
सर्वसाधारण्को भविश्य निर्माणलाई हेरेर योजना ल्याउन आग्रह गरेका उनले त्यसका लागि प्रदेश सरकारले बजेटको कमी हुन नदिने दाबी गरे ।
आदीबासी जनजातिदेखि बाहुन क्षेत्रीमा रहेको अन्तरनिहित सीपलाई कसरी ब्यबसायमा रुपान्तर गर्न सकिन्छ भन्ने बारेमा प्रदेश सरकारले ध्यान केन्द्रित गरेको उनले बताए ।
मुख्यमन्त्री चौधरीले बिकासमा राजनीति गर्न नहुने बताए । ‘ बिकास कुनै एक पार्टी वा दलको मात्रै हैन,’ उनले भने ‘ बिकास साझा हुन्छ त्यसैले बिकास निर्माणका काममा कसैलेपनि राजनीति गर्नु हुँदैन ।’
बजेटमा धेरै कुरा छुटेको हुन सक्ने भन्दै छुटेका कुराहरु थप्दै जाने उनले प्रतिबद्धता जाहेर गरे ।
