२०८२ माघ ३ गते शनिवार

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाद्धारा केन्द्रिय अध्यक्षलाई ज्ञापनपत्र

रुकुम,असार २४ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेललाई विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ ।

आज महासंघको मुसिकोटस्थित सम्पर्क कार्यालयमा बसेको जिल्ला शाखाको बैठक पश्चात केन्द्रिय अध्यक्षलाई १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाईको हो ।

जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीका अनुसार पत्रकार महासंघ र पत्रकारहरुको हक, हित तथा व्यवसायीकताको लागि ज्ञापनपत्र बुझाईएको हो ।

अध्यक्ष केसीले पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बिमा निरन्तर र सहज रुपमा गरिनपुर्ने, फेलोसीपको अवसरमा मोफसलका पत्रकारहरुलाई प्राथमिकता दिनुपर्ने, पत्रकारिता बिषयमा अध्ययनका लागि छात्रबृत्तिको व्यवस्था गरिनुपर्ने, विभिन्न देशहरुमा हुने पत्रकारिता क्षेत्रसँग सम्बन्धित तालिमहरुमा सहभागि हुने पत्रकारहरु काठमाडौ केन्द्रित मात्रै हुने भएकोले सबै प्रदेशको सहभागितालाई जोड दिनुपर्ने, पत्रकारिता क्षेत्रमा २५ बर्ष काम गरेका पत्रकारहरुको लागि पेन्सनको व्यवस्था गर्न पहल गरिनुपर्ने माग राखेको बताए ।

ज्ञापन पत्रमा जिल्लाका विज्ञापनहरुहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको लागि पहल गर्नुपर्ने, पत्रकार महासंघका जिल्ला शाखाहरुको संस्थागत विकासका लागि पहल गरिनुपर्ने, जिल्लास्तरमा विभिन्न बिधामा पत्रकारहरको क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, पत्रकारहरुको न्युनतम पारिश्रमिक तोकिए बमोजिम उपलब्ध गराउन कडाईका साथ पहल गर्नुपर्ने र यसअघि महासंघबाट प्रदान गरिदै आएका विभिन्न बिधाका पुस्कारहरुलाई निरन्तरता दिनुपर्ने मागहरु राखिएको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई कडाईका लागु गरिनुपर्ने, मोफसलका सञ्चार माध्यामहरु निरन्तर सञ्चालनको लागि लोक कल्याणकारी बिज्ञापनको दायरा बढाईनुपर्ने, पछिल्लो समय प्रभावकारी बन्दै गईरहेको अनलाईन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी बिज्ञापनको लागि पहल गरिनुपर्ने र देशभर मिडिया साक्षरता अभियान सञ्चालन गरिनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्र बुझ्दै केन्द्रिय अध्यक्ष पोखरेलले जिल्ला शाखाले उठान गरेका माग पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । देशभरका शाखाले पनि यस्तै माग राख्ने भएकाले माग ठिक रहेको र मागको बारेमा केन्द्रमा छलफल गरि माग सम्बोधन गर्ने उनले बताए ।

पत्रकारहरुको हकहितको लागि महासंघले धेरै काम गरिसकेको र केहि मागहरु पुरा गर्न बाकी रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *