२०८२ माघ ४ गते आइतवार

पहिरोले अवरुद्ध दाङ–सल्यान सडक खण्ड सञ्चालनमा

तुलसीपुर,असार २४ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुक्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।

सडक करिब १६ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । दुई वटा जेसीबी लगाएर पहिरो पन्छाउने काम भएको हो ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *