२०८२ माघ ८ गते बिहिवार

रोटरी क्लव अफ तुलसीपुर सिटिको अध्यक्षमा योगी

तुलसीपुर,असार २३ । रोटरी क्लव अफ तुलसीपुर सिटिको अध्यक्षमा पवन योगी चयन भएका छन । उनी वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा चयन भएका हुन । शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष योगी सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन ।

त्यस्तै क्लवको निर्वाचित वर्ष २०२४÷०२५ को अध्यक्षमा बिनिल केसीलाई चयन भएका छन भने क्लवको राष्ट्रपति उम्मेदवारमा सन्दिपन रिजाललाई चयन भएका छन । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा देभेन्द्र बस्नेत,द्धतिय उपाध्यक्षमा बुद्ध प्रकाश सिङ्,तृतिय उपाध्यक्षमा मनोज बस्नेत,महासचिवमा रुपेश शर्मा,कोषाध्यक्षमा दिपेश भण्डारी र सहसचिवमा सचिन पौडेल चयन भएका छन ।


रोट्रयाक्ट क्लवको अध्यक्षमा भण्डारी
त्यस अवसरमा रोट्रयाक्ट क्लव अफ तुलसीपुरको पद हस्तान्तरण कार्यक्रम भएको छ । क्लवको वर्ष २०२३÷०२४को अध्यक्षमा इनुप भण्डारी चयन भएका छन ।


त्यस्तै वर्ष २०२४÷०२५ को निर्वाचित अध्यक्षमा सुरजजगं रायमाजी,उपाध्यक्षहरुमा रन्जन सिहं,प्रभास श्रेष्ठ,सुरेन्द्र भण्डारी,माधव गौतम,आकाश सिङ्,सचिवमा किरण पुन,कोषाध्यक्षमा प्रविन अधिकारी,सहसचिवमा प्रभास श्रेष्ठ,सहकोषाध्यक्षमा रिसभ रिजाल चयन भएका छन ।


शनिवार संयुक्त रुपमा रोटरी क्लव अफ तुलसीपुर सिटिको १७ औँ र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको १० औ पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम भएको हो । वर्ष २०२२÷०२३ का अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले विकास निमार्ण र समृद्धिका लागि रोटरीले समाजमा गरेको योगदान उच्च रहेको भन्दै प्रसंसा गरे ।

उनले आफ्नो कार्यकालमै रोटरी क्लवको भवन निमार्णका लागि जग्गा उपलब्ध गराउने र भवन निमार्णमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।


कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल –भुटानका असिस्टेन्ट गर्भनर डा.चेत नारायण पाण्डे,रोटरी इन्टरनेशल डिष्ट्रिक ३२९२ भुटानको रोटायर असिस्टेन्ट गर्भनर बिमल रिजाल,रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदिप मज्गैया,रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे,रोटरी क्लव अफ तुलसीपुरका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक बिजय केसी लगाएतले क्लवले शिक्षा स्वास्थ्य,खानेपानी बिपद,असाहय्हरुको लागि सक्रिय रुपमा मानवीय काम गर्दै आएको बताए ।


रोटरी क्लव अफ तुलसीपुर सिटीका नर्वाचित वर्ष २०२४÷०२५ को अध्यक्षमा बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोटरी क्लव वर्ष २०२२÷०२३ का महासचिव मनोज बस्नेत र वर्ष २०२३÷०२४ का महासचिव रुपेश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *