२०८२ माघ १ गते बिहिवार

विद्यार्थीलाई वित्तीय साक्षरता

तुलसीपुर,असार २२ । गोरखा मोडेल कलेज तुलसीपुरमा आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच कलेजका बिबिएस प्रथम वर्ष र दोस्रो वर्षका विद्यार्थीको लागि वित्तीय साक्षरता कार्यक्रम भएको हो ।


वित्तीय शिक्षाको माध्यमबाट व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत साधनको प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।


उक्त कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुर शाखाका शाखा प्रबन्धक किरण आचार्यले विद्यार्थीहरुलाई वित्तीय साक्षरताको माध्यमबाट पारिवारिक बजेट बचत गर्दा, वित्तीय सेवा प्रदायक संस्थाहरु , विप्रेषण तथा व्यवसायिक योजना र जोखिम व्यवस्थापन लगाएत वित्तीय सम्बन्धी महत्वपुर्ण कुराहरु जानकारी गराएका थिए ।


विद्यार्थीहरुमा वित्तीय चेतना , ज्ञान र सिप अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख पूर्णबहादुर डाँगीले बताए ।

यस कार्यक्रमबाट विद्यार्थीले पैसाको महत्व बुझ्ने र सोअनुसार योजना बनाउने तरिका आधुनिक वित्तीय प्रविधिको प्रयोग र सीमित र साधनको व्यवस्थित परिचालनका सम्बन्धित ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्न सफल भएको बताए ।


सो अवसरमा वित्तीय प्रणाली सम्बन्धी विद्यार्थीहरु बीच अन्तरक्रिया पनि भएको थियो । कलेजले आगामी दिनमा पनि बैंक वित्तीय संस्थासँग समन्वय गरि तुलसीपुर उपमहानगरपालिका स्थित केहि वडाहरुमा पुगी विद्यार्थी स्वयंले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कुरा सो कलेजका विद्यार्थीहरुले योजना बनाएको कुरा जानकारी गराएका छन ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *