२०८१ बैशाख ७ गते शुक्रवार

राष्ट्रिय बास्केटबलको बुधबार फाइनल भिड्न्त हुने

लक्ष्मण बस्नेत,
दाङ, बैशाख ३ । महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको बुधबार फाइनल भिड्न्त हुने भएको छ ।  आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३ त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ विच स्वर्ण पदका लागि फाइनल भिड्न्त हुनेछ ।

महिला तर्फको मंगलबार सम्पन्न सेमिफाइनल खेलमा सुदुर पश्चिम प्रदेश लाई ४४ का विरुद्ध ५५ स्कोरले पाखा लगाउदै नेपाल पुलिसले फाइनल यात्रा तय ग¥यो । त्यस्तै नेपाल आर्मी लाई २३ का विरुद्ध ३९ स्कोरले पन्छाउदै प्रदेश नं ३ ले पुलिस संगको फाइनल भिड्न्त पक्का गरेको हो ।

त्यसैगरी पुरुष तर्फको मंगलबार नै सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस लाई ७१ का विरुद्ध ८५ स्कोरले पाखा लगाउदै नेपाल आर्मीले आफ्नो फाइनल यात्रा सुरक्षीत ग¥यो भने गण्डकी प्रदेश लाई ६३ का विरुद्ध ९३ स्कोर निकाल्दै प्रदेश नं ३ ले आर्मी संगको फाइनल भिड्न्त पक्का गर्न सफल भयो ।

त्यसैगरी प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी तृतिय स्थानमा चित्त बुझाउदै कास्य पदक हात पार्न सफल भयो । उसले सुदुर पश्चिम प्रदेश लाई ३९ का विरुद्ध ५१ स्कोरले पाखा लगाउदै तृतिय स्थान हासिल गरेको हो । पुरुष तृतिय स्थानका लागि बुधबार विहान साढे ६ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्नेछन् ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *