२०८२ माघ ४ गते आइतवार

जेल परेको १५ दिनमै २३ बर्षे युवकले गरे आत्महत्या

दाङ, असार २१ । बाँकेको नेपालगञ्ज कारागारमा एक जना युवकले जेल परेको १५ दिनमै कारागार भित्रै आत्महत्या गरेका छन् ।

जिल्लाको जानकी गाउँपालिका – ६ का २३ वर्षीय निरजकुमार बानिया बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा पासो लगाइ आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।

बानियालाई प्रहरीले असार ५ गते मात्रै पक्राउ गरेको थियो । २०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा उनलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

त्यसयता फरार रहँदै आएका बानिया १५ दिन अगाडि मात्रै पक्राउ परेका थिए । पोष्टमार्टमका लागि बानियाको शब नेपालगंजस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *