२०८२ माघ १० गते शनिवार

रुपन्देहीमा घुससहित इन्जिनियर पक्राउ

रुपन्देही,असार २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले एक इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *