सल्यान,असार २० । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी बागचौर नगरपालिका १० पिपलनेटा निवासी अन्दाजी ५० वर्षीय लाल बहादुर विकको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते मध्यका विकलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेद निवासी ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सोही ठाउँ निवासी ४५ वर्षीय काली बहादुर बस्नेतका जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकदेखि एक सय मिटर तल खसेको थियो ।