तुलसीपुर,असार १९ । पश्चिम दाङमा बबई नदिमा एक जनाकाे डुवेर मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जाैबारी निवासी १७ बर्षीय सिताराम देवकाेटा रहेकाे ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिए ।
बबई गाउँपालिका वडा नं. १ मलईबाट साेमबार वेलुका ७ बजे तिर घर फर्कने क्रममा बबई नदिमा बेपत्ता भएका थिए ।
मंगलवार विहान देखी खोजतालस गर्दा दिउँसाे १ बजे मलईकाे बबई नदिमा उनकाे शव फेला परेकाे हाे ।
शवलाई पाेष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार