२०८२ माघ ४ गते आइतवार

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते अधिकारीको मृत्यु

तुलसीपुर,असार १९ । मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका तुलसीपुरका खोपीराम अधिकारीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी निवासी ५५ वर्षीय अधिकारीको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अधिकारीलाई टाउको र अनुहारमा चोट लागेको थियो । उनी मावि कटाहाका प्रधानाध्यापक हुन ।

गएको शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किदा अधिकारीसहित ४ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *