अर्घाखाँची ,असार १९ । अर्घाखाँची पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाकाे पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । पहिराेमा परि एक जना घाइते भएका छन् ।
घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पुरेको छ।
प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार