तुलसीपुर,असार १८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा संचार तथा सुचना प्रबिधिमा महिलाहरुको पहुँच सम्बन्धि जनचेतनामूलक कार्यक्रम सप्पन्न भएको छ ।
स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरिको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलिको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले संचार सुचना र प्रबिधी हाम्रो जिवनको अभिन्न अंग भएको बताए ।
यसले हाम्रो जनजिवनलाइ सरल र सहज बनाउदै लगेको र सामाजिक संजालमा गरिने मानवीय क्रियाकलापले हाम्रो समाज लाई कहा पुर्याउछ भन्ने तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
वडाध्यक्ष वलिले सामाजिक संजाल सुरक्षीत नरहेको बताउदै यसमा प्रयोगकर्ता होसियार हुनुपर्ने बताए ।
कार्यक्रममा बिजौरी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष चित्रा धिताल लगाएतले बोलेका थिए ।
त्यस कार्यक्रममा सहभागीहरुलार्इ नेपाल दुरसञ्चार प्राधिकरण घोराहीका प्रमुख प्रशासनिक अधिकृत कार्यलय प्रमुख माधव खनालले नेपाल टेलिकमको सेवा, यसको सुबिधा , प्रभावकारिता र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा गौतमले सूचना , संचार , सामाजिक संजाल र यसमा महिलाको सहभागिता , चुनौती र आवस्यकताका बारेमा जानकारी गराएकी थिइन ।
स्वच्छ नेपालका संस्थापक अध्यक्ष सुशिला पौडेलले संस्थाको परिचय एवं तालिमको उदेश्यबारे प्रकाश् पार्दै स्वागत मनतब्य ब्यक्त गरेकी थिइन ।
त्यस कार्यक्रममा दलित पत्रकार संघ दाङ जिल्लाका उपाध्यक्ष गिरिराज नेपालीले मन्तव्य व्यक्त गरेका थिए भने
कार्यक्रमको सहजीकरण सस्थाका सचिव रेखा शर्माले गरेकी थिइन ।
तालिममा ५० जनाको सहभागिता रहेको थियो ।