तुलसीपुर,असार १८ । लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ।
बजेटको विषयमा सैद्धान्तिक छलफलको लागि डाकिएको बैठकमा एमालेले पुनस् विरोध जनाएपछि एक घण्टाको लागि बैठक स्थगित गरिएको हो।
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले हचुवाको भरमा बजेट निर्माण गरेकाले पास हुन नदिने अडान राखे।
त्यसपछि एमालेका सांसदहरूले विरोध जनाएपछि सभामुख तुलाराम घर्तीले एक घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी दिए।
विपक्षी दल बजेटको कडा आलोचनामा उत्रिएको छ भने सत्तापक्ष बजेट बहुमतले पास गर्ने रणनीतिमा छ।
प्रकाशित मिति : २०८० असार १८ गते सोमवार