तुलसीपुर,असार १८ । तुलसीपुर ७ मटेराका एक युवकले पर्सेनी नगर स्वास्थ्य केन्द्रलाई १९ हजार बराबरको सामान सहयोग गरेका छन ।
तुलसीपुर ७ मटेरा घर भइ हाल अमेरीका बस्दै आएका शिशिर खनालले नगर स्वास्थ्य केन्द्र पर्सेनीलाई १९ हजार बराबरको जिन्सी सामाग्री सहयोग गरेका हुन ।
उनले दराज एक थान, मेडिसियन र्याक एक थान, डोर म्याट एक थान र नेबुलाईजर मेसिन एक थान सहयोग गरेका हुन ।
सहयोग सामाग्रीहरु शिशिरकी आमा भागिरथा खनालले नगर स्वास्थ्य केन्द्र पर्सेनीका प्रमुख बासुदेव चौधरीलाई हस्तान्तरण गरेको घनश्याम हलवाइले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असार १८ गते सोमवार